Pura Samachar

विमानस्थलबाट ७७० ग्राम सुनसहित दुईजना पक्राउ

प्रकाशित: September 3, 2021

विमानस्थलबाट ७७० ग्राम सुनसहित दुईजना  पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनसहित दुईजनालाई  पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  डोल्पाको ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय बिष्णुबहादुर शाही र स्याङ्जाको पुतली बजारका ३८ वर्षीय भूपेन्द्र पौडेल रहेका छन् ।

प्रहरीले उनिहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियाे ।फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाइटमा लुकाई ल्याएको सुनसहित पक्राउ गरेको हो ।

साथै‚ पौडैललाई सुन लिन पुगेका बेला पक्राउ गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया