Pura Samachar

जापानका प्रधानमन्त्रीले राजीनामा दिने तयारी

प्रकाशित: September 3, 2021

जापानका प्रधानमन्त्रीले राजीनामा दिने तयारी

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुगाले गत सेप्टेम्बरमा सिन्जो आबले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै उनको आलोचना भइरहेको छ ।

जापानमा यही नोभेम्बरमा संसदीय निर्वाचन हुँदैछ । जापानको संवैधानिक व्यवस्था बमोजिम यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ ।

आज पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताएका हुन् । एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ । अध्यक्षका लागि आन्तरिक मामिलामन्त्री सानाई ताकैचीले नेतृत्वमा प्रतिस्पर्धा गर्ने संकेत गरेकी थिइन् ।

प्रतिक्रिया