Pura Samachar

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा

प्रकाशित: September 3, 2021

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा

काठमाडौँ १८ भदौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने निश्चित भएको छ ।

नेकपा एमालेबाट विभाजन भएर गत भदौ ९ गते निवार्चन आयोगबाट मान्यता पाएको नेकपा एस पार्टीले आफ्नो केन्द्रिय कार्यालय मीनभवनमा राख्ने भएको हो ।

हिजो मात्र सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको नेकपा एसले अब केहि दिनमा नै आफ्नै कार्यालयबाट पार्टी सञ्जालन गर्ने भएको छ ।

प्रतिक्रिया