Pura Samachar

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

प्रकाशित: September 5, 2021

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल मनसुनी न्यून चापीय रेखा  नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाकाे भनाइ छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश नं १ तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको  महाशाखाले जनाएकाे छ ।

आइतवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै  प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे देखिएकाे छ, जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने देखिएकाले सम्बन्धित भागमा बस्ने स्थानीयहरूले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया