Pura Samachar

नेपालसहित १० देशमाथि लगाएकाे हवाइ प्रतिबन्द फुकुवा

प्रकाशित: September 5, 2021

नेपालसहित १० देशमाथि लगाएकाे हवाइ प्रतिबन्द फुकुवा

काठमाडाैं । काेराेना महामारी नियन्त्रणका लागि भन्दै नेपाललाई फिलिपिन्सले लगाएकोे हवाइ यात्रा प्रतिबन्ध हटाएको छ ।  कोरोनाविरुद्धको खोपका कारण भयावह स्थिति नहुने भन्दै फिलिपिन्सले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको हो ।

फिलिपिन्सले भदौ २१ गतेदेखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको जनाएको छ ।

फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । १० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

प्रतिक्रिया