
काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाकाे भनाइ छ ।
हाल मौसमको अवस्था
साेमवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे देखिएकाे छ, जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने देखिएकाले सम्बन्धित भागमा बस्ने स्थानीयहरूले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
प्रतिक्रिया