
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार पीसीआर र एन्टीजेन प्रविधिबाट गरिएकाे १५ हजार ९७९ जनामा गरिएकाे परीक्षणबाट १ हजार ८९७ जनामा संक्रमण देखिएकाे हाे ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७४३ जना निकाे भएका छन् ।
याे अवधिमा थप २० संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
प्रतिक्रिया