Pura Samachar
  • प्रतिभा परिचय

    प्रकाशित: भदौ २२, २०७८

    प्रतिभा परिचय

    डा. हरिमोहन पोखरेल

    ईश्वरले मानिसको जीवनमा केही न केही सिप अथवा प्रतिभा दिएको हुन्छ ।फेरि पनि मान्छेहरू आफूभित्र भएको प्रतिभा नखोजीकन त्यसै नै संसार छोडेर जाने गर्दछन ।संसारमा यस्ता धेरै प्रतिभाहरू मध्ये हाम्रा देव बहादुर जी पनि एक हुनुहुन्छ ।जो चौबीसै घण्टा समाज भजन कीर्तन र सत्संग अनि निर्माणको कार्यमा लिन भएर कुदी रहेका हुन्छन ।
    पश्चिम नेपालको गुल्मी लोलेमखोला निवासी आमा देवकुमारी ठटराई र बुबा बलबहादूर ठटराई का जेठा सुपुत्रका रूपमा जन्म लिएका देव बहादुर कक्षा छह सम्मको शिक्षा लिएका हुन ।पेशाले नागालैंडमा सरकारी चालक (डाइभर )हुन पुगेका ठटराईले भारतको नागालैंड राज्यमा सन् 1984 मा चार महीना सम्म खुट्टी अर्थात गौ सेवा गरेको पाइन्छ ।फेरि बसेको कंडक्टर अनि पछि गएर डाइभर भएको कुरा थाहा लाग्छ ।
    सानो उमेर छदा देखि नै गाउँमा नाच गान गर्नमा अग्रसर रहने देवले जन्मस्थलबाट नै केही मात्रामा झामरे पनि सिक्ने मौका अग्रजहरू बाट प्रेरणा पाएका हुन ।यति मात्र होइन उनीले मादल, सारंगी, डंफू, खैजडी, एकतारे, सनाई, तबला ,खुरपेटा र बाँसको मादल समेत आफ्नै हातले बनाएका छन ।यस प्रकारको कला आजको समयमा बिरलै मात्रामा पाइन्छ ।
    गायन र लेखनको छेत्रमा पनि देवबहादूर कम छैनन ।नागालैंड राज्यका विभिन्न संघ संस्थाहरू संघ आबद्ध रहेर उनले आफ्नो गायन प्रतिभाको विकास गरेको कुरा उनले गर्छन र लेखनमा समेत भजन गीतको रचना गरेर स्वयं स्वर सम्म हाल्न सक्छन उनी ।आज सम्म उनको कुनै पनि कृति निस्किन सकेको त छैन तर पनि निकट भविष्यमा उनको भजन संग्रह प्रकाशन गर्ने कुरा छ ।अझै मणिपुर राज्यको एकमात्र छात्र संगठन अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनलाई करीब लाख रूपियाँको बादय वादन सामाग्री दान स्वरूप प्रदान गर्ने कुरा छ भने मानव उत्थान सेवा समिति उरियमघाट शाखालाई समेत सोही बरोबरको वाद्य वादन सामाग्री दान स्वरूप दिने कुरा उनी गर्दछन ।
    आफ्नो सरकारी सेवाबाट अवकाश प्राप्त गरे पश्चात स्वदेश फर्केर उनीले वाद्यवादन सामग्रीको एउटा संग्रहालय संचालन गर्ने कुरा पनि यो कलाकारलाई गरेका हुन ।
    आफ्ना चार संतान( दुई छोरा र दुई छोरी )का पिता रहेका ठटराई एक कुशल र प्रतिभा संपन्न रहेको कुरा थाहा लाग्छ ।हालमा मानव उत्थान सेवा समितिका तहसिल सचिव रहेका ठटराई एक शाकाहारी रहेका र मददको घडीमा कुनै पनि स्थितिमा मददगार हुन ।प्रतिभा संपन्न व्यक्तिको कदर गर्ने र आफ्नै परिवार स्वरूप मान्ने पनि उनको लक्षण छ ।
    तर, अफसोसको कुरा भने आज सम्म यस्तो विलक्षण प्रतिभाप्रतिभाका धनी ठटराईलाई कुनै पनि संघ संस्थाबाट सम्मान नगरिनु चाहिं दुखी लाग्दो कुरा रहेको छ ।
    अवश्य पनि उनको कदर भविष्यमा हुने नै छ ।यिनै आशा र विश्वासका साथ कलम राखें ।      विलक्षण प्रतिभाका धनी देव बहादुर ठटराई

    प्रतिक्रिया