
काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको रिट निवेदनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा दायर गर्नु भएको रिट निवेदनको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा तोकिएको हो ।
यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशकै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।
एमालेका तत्कालीन सांसदहरू माधवकुमार नेपाललगायत १४ जनालाई केन्द्रीय कमिटीको सिफारिस बमोजिम कारबाही नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध, एमाले विभाजनमा कानुनविपरीत गतिविधि गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र प्रदेश सभाका २ जना सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकालाई कारबाही सिफारिस गर्दा पनि पदमुक्त नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।
तीनवटै रिटको पेसी आजका लागि प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको छ ।
प्रतिक्रिया