
काठमाडौं । नेपालमा थप एक हजार ६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३४ वटा नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार आठ सय ७९ पुगेको छ ।
यस अवधिमा २ हजार ७२ जना कोरोनाका बिरामी निको भएका छन् ।
प्रतिक्रिया