
काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।
त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ । नेपालमा भने केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ८८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ८८५ को मृत्यु भएको हो ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ५४ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २२ करोड २५ लाख ४१ हजार २८५ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १९ करोड ९१ लाख ८ हजार ५०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४५ लाख ९७ हजार ६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ८७९ जनाको ज्यान गएको छ । ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् भने ७ लाख ७२ हजार १८१ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ७ लाख ३१ हजार जना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया