Pura Samachar

नागालैंडमा पंडितहरूको खाॅचो

प्रकाशित: September 8, 2021
पूरा समाचार

नागालैंडमा पंडितहरूको खाॅचो

 

 

डा. हरिमोहन पोखरेल

 

नागालैंड राज्यमा हालमा हिंदु धर्मावलम्बी विशेष गरेर नेपालीहरू भने दिन प्रतिदिन कम्ती हुदै गई रहेको एउटा सर्भेले खुलासा गरेको छ ।यस राज्यमा केवल दुई प्रतिशत हिन्दु धर्मावलम्बी रहेको कुरा स्पष्ट भएको छ ।यस्तो घट्दोहिन्दुहरुको प्रभावले हामी नेपालीहरूलाई पनि नपर्ने होइन ।गत दिन पूरा समाचारले नागालैंडमा रहेका नेपालीहरू बीच सानो सर्भे गरे बापत पाएको रिपोर्ट बमोजिम हालमा यस राज्यमा पंडितजीहरूको खाॅचो भएको कुरा खुलासा भएको छ ।पूरा समाचारले हाईस्कूल,कोहिमा टाउन लगायत अन्य ठाउँमा नेपालीहरु बीच पंडितजीको कमीले गर्दा घरमा पुजा -आजा गर्न नपाएको र अन्य धार्मिक गतिविधि समेत संपन्न गर्न नपाएको कुरा गरेका छन।कोविद -19 को व्यापक महामारीले गर्दा धेरै जसो उनीहरू बस्ती गएको गर्दा केही धार्मिक आयोजना संपन्न गर्न नपाएको कुरा पनि प्रकाशमा आएको छ ।
हेर्दै जाऊ यस कमीलाई कहाॅ सम्म भरपाई गर्न सकिन्छ त्यो त आउने भविष्य कै गर्भमा रहला

प्रतिक्रिया