Pura Samachar

संसद बैठक शुरु भए लगत्तै एमालेद्वारा अवरुद्ध

प्रकाशित: September 8, 2021

संसद बैठक शुरु भए लगत्तै एमालेद्वारा अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभा बैठक शुरु भएको छ ।

बैठक आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश वाचन लगत्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदहरुलाई सदनमा उपस्थित गराइएकोमा विरोध गर्नुभएको थियो ।

उहाँको विरोध मन्तव्यपछि एमालेका सांसदहरुले रोस्टमअघि नाराबाजी गरेका थिए ।

पटक पटकको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया