Pura Samachar

गृहमन्त्रीद्वारा संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

प्रकाशित: September 8, 2021

गृहमन्त्रीद्वारा संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्नुभएको छ । एमाले सांसद्हरुको होहल्लाका बीच गृहमन्त्री खाणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो।

बुधबार प्रतिनिधि सभाको तेस्रो पटकको बैठकमा एमाले सांसदले नाराबाजी नछोडेपछि तेस्रो बैठक शुरु भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो।

एमाले सांसदले होहल्ला र नाराबाजी गरिरहेकै समयमा गृहमन्त्री खाणले अध्यादेश पेश गर्नुभयो।

अध्यादेश पेश भएसँगै सभामुख सापकोटाले बैठक २५ गतेसम्मका लागि स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया