Pura Samachar

नागालैंडमा पनि तीजको चाड

प्रकाशित: September 8, 2021

नागालैंडमा पनि तीजको चाड

डा. हरिमोहन पोखरेल

नेपालीहरूले संसार भरि नै आफ्नी चेलीहरूलाई घरमा निम्त्याएर मीठो पकवान खिलाउने र खुशी मनाउने चाड तीज भारतको सुदूर स्थित नागालैंडमा पनि मनाएको समाचार पूरा समाचारलाई प्राप्त भएको छ ।
समाचार अनुसार आफ्नो एरिया -एरियामा चेलीहरू भेला भएर मीठा -मीठा पकवान बनाएर सबैसँग मिलेर बाॅडी -चुडी खाएको र नाचगान गरी खुशहाली मनाएको पनि जानकारी फोन मार्फत प्राप्त भएको छ ।विभिन्न एरियामा जस्तै हाईस्कूल, सेक्रेटरीयट, कोहिमा टाउन, चांदमारी ,पी आर हिल्स, न्यू मिनिस्टर हिल्स र एजी कोलानी एवं वीओसीमा समेत तीजको चाड मनाएको समाचार पूरा समाचारलाई प्राप्त भएको छ ।चाडपर्व मनाउदा सबै जग्गामा कोविद -19 को प्रोटोकॉल पनि फोलो गर्दै नाचगान गरेर विविध कार्यक्रमको साथ तीजलाई मनाएको खबर पाइएको छ । नागालैंडमा भने परिवर्तन भएका ईसाई धर्मावलम्बी नेपालीहरूले पनि आफ्ना चेलीहरूलाई बोलाएको मीठो -मीठो पकवान खुवाएर मनाएको खबर पनि पूरा समाचारले पाएको छ ।
स्मरण रहोस तीजको चाडपर्व विशेष गरेर बिहे गरेर गएका छोरी -चेलीहरूलाई आफ्ना माइतीले बोलाएर खिलाउने गर्दछन ।यो एउटा नेपालीहरूको अलग्गै विशेषता रहेको पाइन्छ –।।

प्रतिक्रिया