Pura Samachar

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु

प्रकाशित: September 8, 2021

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ ।

आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएकाे समाचार विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घाइतेहरूकाे उपचार स्थानीय अस्पतालहरूमा भइरहेका तथा ८ जना गम्भीर घाइतेकाे अवस्था गम्भीर भएकाे समाचारमा उल्लेख छ ।

स्थानीय समय अनुसार बिहान २ः२० बजे आगलागी भएको जनाइएकाे छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसकाे भनाइ उद्रित गर्दै समाचारमा जनाइएकाे छ ।

प्रतिक्रिया