Pura Samachar

२४ घण्टामा विश्वभर ५ लाख ५८ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: September 9, 2021

२४ घण्टामा विश्वभर ५ लाख ५८ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।

त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ । नेपालमा भने केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार २०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार २०३ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ५८ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २२ करोड ३३ लाख १८ हजार ९१९ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १९ करोड ९८ लाख ३७ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४६ लाख ८ हजार १०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ८८९ जनाको ज्यान गएको छ । २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन् भने ७ लाख ७३ हजार ५२९ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ७ लाख ३३ हजार १६१ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया