Pura Samachar

मिलेनियम चयालेंज कोरपोरेसन (MCC ) लाई लिएर कडा प्रतिवाद

प्रकाशित: September 9, 2021

मिलेनियम चयालेंज कोरपोरेसन (MCC ) लाई लिएर कडा प्रतिवाद

डा. हरिमोहन पोखरेल

नेपालको संसदमा हालमा पास हुन लागेको एम सी सी लाई लिएर नागालैंडमा बसोबासो गर्ने नेपालीहरूले पनि कडा प्रतिवाद गरेको समाचार पूरा समाचारलाई प्राप्त भएको छ ।

 

 

 

गतः दिन पूरा समाचारले गरेको एउटा सर्वेक्षणले थाहा लागेको छ कि नागालैंडमा बसोबासो गर्ने धेरै जसो नेपालीहरुको नेपालमा घरभेटी रहेको र प्रदेशमा रोजी रोटी कमाउन आएको र सो बिल संसदमा पास भएमा आफू लगायत देश पनि कंगाल हुने स्थति आउने कुरा सर्वेक्षणबाट थाहा लाग्छ ।
आफ्नो रोजीरोटी कमाउन विदेशमा आए पनि मातृभूमिको माया आलै रहेको र एमसीसी देशको हितमा कदापि पनि नरहेको कुरा यहाँका नेपाली बासिन्दा कुरा गर्दछन ।
समस्त जनता सडकमा आएर यो बिल एमसीसी को विरोध गर्नुपर्ने र विश्वका नेपालीहरू एक हुनुपर्ने कुरा पाॅच स्पष्ट भएको छ ।यदि सरकारले बिल खारेज नगरे नागालैंडमा बसोबास गर्ने नेपालीहरुले भने जिल्ला उपायुक्त मार्फत आफ्नो ज्ञापन पत्र समेत प्रधानमन्त्री एवं राष्ट्रपति समेतलाई चढाउने र प्रतिवाद गर्ने कुरा पनि थाहा पाइएको छ ।
पूरा समाचारले गरेको सर्वेक्षणमा लगभग नेपालीहरु शत-प्रतिशत विरोधमा नै छन भन्दा फरक नपर्ला।
भविष्यमा समयले नै बताउला कि सरकारले यो बिललाई खारेज गर्छ कि गर्दैन यो एउटा प्रश्न चिन्ह नै बनेर रहने छ ।
स्मरण रहोस् यही एमसीसीएमसीसीको विरोधमा नेपाली संसद अवरुद्ध भएको कुरा विभिन्न संचार माध्यमबाट थाहा पाइएको छ ।

प्रतिक्रिया