Pura Samachar

उपाध्यक्ष फातिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित: September 9, 2021

उपाध्यक्ष फातिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता हुँदैछ ।

उपाध्यक्ष फतिमा सुमारले काठमाडौं आइपुगे लगत्तै भेटघाट थाल्नुभएको हो ।

ओलीलाई भेट्न सुमार दिउँसो ओली निवास बालकोट पुग्नुभएको छ । उहाँसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी हुनुभएको छ ।

फातिमाले पूर्व निर्धारित कार्यतालिका बमोजिम सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न लाग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबाहदुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यतालिका रहेको छ।

 

प्रतिक्रिया