
सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका- ११ दनुवार गाउँ छेउमा पहिरो गएको छ । निरन्तर पानी परीरहेका कारण दनुवार गाउँमा पहिरो गएको हो ।
पहिरो खानीगाउँ घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयले बताएका छन् । पानी परीरहेका कारण पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको स्थानीय दशरथ दनुवारकाे भनाइ छ।
पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय सरकारलाई आग्रह गरिएकाे भए पनि सुनुवाइ नभएकाे स्थानीयले बताएका छन् । पहिरो बढ्दै जाँदा घटेरटोल जोखिममा परेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया