Pura Samachar

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बैठक

प्रकाशित: September 9, 2021

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचमा छलफल भएकाे हाे ।

छलफलमा मन्त्रिपरिषद् विस्तार तथा सरकारको गतिविधिबारे छलफल भएको बताइएकाे छ ।

यसअघि  बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल र यादवबीचमा एमसीसी र मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयले दिएकाे जानकारी अनुसार बैठक दिउँसो ३ बजेदेखि जारी छ।

प्रतिक्रिया