Pura Samachar

बंगलादेशमाथि नेपालको २–१ को जीत

प्रकाशित: September 9, 2021

बंगलादेशमाथि नेपालको २–१ को जीत

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४ औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रीतिले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी थिइन् ।

दोस्रो हाफको ८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन ।

विहीवारको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रीति राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो ।

दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रतिक्रिया