Pura Samachar

महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

प्रकाशित: September 9, 2021

महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडाैं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेकाे छ ।

नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीवार खारेज गरेकाे हाे ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते रिट दर्ता भएकाे थियाे ।

प्रतिक्रिया