Pura Samachar
  • राशिफल

    प्रकाशित: भदौ २५, २०७८

    राशिफल

    मेष–कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

    वृष–जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

    मिथुन–लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।

    कर्कट–मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

    सिंह–जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

    कन्या–बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    तुला–आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

    वृश्चिक–आज धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सवारी साधन प्राप्तिको योग पनि छ ।

    धनु–शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्नेछ ।

    मकर–आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

    धनु–आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

    मिन–आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने

    प्रतिक्रिया