
काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलहरुको बैठक आज बस्दै छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा हिजो बसेको सत्तारूढ गठबन्धन आबद्ध दलहरूको बैठक अनिर्णीत बनेपछि बैठक आज पनि बस्न लागेको हो ।
बैठक आज विहान ९ बजे बालुवाटरमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन आबद्ध दलहरू फरक फरक धारणा आएपछि सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली हिजो नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले आज भेटवार्ता गर्दै छ ।
प्रतिक्रिया