Pura Samachar

सुनको भाउ बढ्यो

प्रकाशित: September 10, 2021

सुनको भाउ बढ्यो

नेपाली बजारमा हिजोको तुलनामा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ ।  हिजो (बिहीबार) प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ ।  चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ

प्रतिक्रिया