Pura Samachar

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण आज सार्वजनिक गर्ने तयारी

प्रकाशित: September 10, 2021

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा र जनता समाजवादी पार्टी (जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण  आज सार्वजनिक गर्ने तयारी आयोगको गरेको छ ।

आज बस्ने आयोगको बैठकले नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको बताइएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले र जसपा पार्टी परिवर्तन गरेर नयाँ दलमा लाग्न चाहने प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्न म्याद दिएको थियो ।

प्रतिक्रिया