
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ ।
शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गर्नुभएको हो ।
सामाजिक संस्थाहरूसँग सहकार्य गरेर खाना खुवाउने कार्यक्रमलाई अगाडि बढाउने योजना सरकारको छ ।
अर्थमन्त्री शर्माले शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाण्डौ उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र शुलभ खानाको व्यवस्था गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया