Pura Samachar
  • राशिफल

    प्रकाशित: भदौ २६, २०७८

    राशिफल

    मेष–मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्राको योग पनि छ ।

    वृष–चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नामा आउला ।

    मिथुन–रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।

    कर्कट–लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

    सिंह–धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

    कन्या–आज धर्म कर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाईनेछ ।

    तुला–श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

    वृश्चिक–आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

    धनु–आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

    मकर–शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

    कुम्भ–आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    मिन–महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

    प्रतिक्रिया