Pura Samachar

सरकारको राजनीतिक पहल जारी छ : प्रधानमन्त्री देउवा

प्रकाशित: September 11, 2021

सरकारको राजनीतिक पहल जारी छ : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन सरकारले राजनीतिक पहल गरिरहेको बताउनुभएको छ ।

एमसीसी उपाध्यक्ष उपाध्यक्ष फतिमा सुमारसँग शुक्रवार भएको भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र एमसीसीबीच २०१७ मा सम्पन्न अनुदान सम्वन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताउनुभएको हो ।

भेटमा नेपाल–अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

भेटमा एमसिसीबारे नेपाल र अमेरिकी प्रतिनिधिमण्डलले आ–आफ्नो धारण राखेका थिए।

भेटमा उपाध्यक्ष सुमारले संसदबाट एमसिसी छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण योगदान गर्ने धारणा राख्नुभयो ।

यसअघि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरूलाई भेट्नुभएको थियो ।

प्रतिक्रिया