Pura Samachar

विधान अधिवेशन १५ देखि १७ असोजमा हुनेगरी सर्‍यो

प्रकाशित: September 11, 2021

विधान अधिवेशन १५ देखि १७ असोजमा हुनेगरी सर्‍यो

काठमाडौं, २६ भदौ । नेकपा एमालेको विधान अधिवेशन सरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अधिवेशन असोजको तेस्रो हप्ता गर्ने गरी सरेको हो ।

विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

एमालेको विधान महाधिवेशनका लागि ३ हजार प्रतिनिधि चयनको टुंगो लगाउनका लागि अधिवेशन सरेको बुझिएको छ । प्रतिनिधि को को राख्नेबारे एमालेभित्र कुरा मिल्न बाँकी छ ।

प्रतिक्रिया