Pura Samachar

एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित: September 12, 2021

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न  निर्देशन दिएको छ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ ।

प्रतिक्रिया