
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकाेटाले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे ।
सभामुख सापकाेटाले सोमबार साढे २ बजेका लागि संसदको ल्होत्से हलमा बैठक आह्वान गर्नुभएकाे हाे ।
सभामुख सापकाेटाले आइतबार एमालेसँग संवादको प्रयास गर्नुभएकाे थियाे । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गर्नुभएकाे थियाे। तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।
सहमतिमा ल्याउने आजकाे प्रयास असफल भएपछि सापकाेटाले सर्वदलीय बैठक बाेलाउनुभएकाे हाे ।
प्रतिक्रिया