
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । त्यस्तै साेही अवधिमा १ हजार ४ सय २३ जना संक्रमित निकाे भएका छन् ।
हालसम्म देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कूल ७ लाख भन्दा बढी कोरोना संक्रमित छन् भने १० हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया