Pura Samachar

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

प्रकाशित: September 13, 2021

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश १ मा संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनुभएकाे छ। आज (साेमवार) बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकमा चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताउनुभएकाे छ ।

बैठकले भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी सोमबार नै प्रदेशसभा सचिवालयलाई दिएकाे एकिकृत समाजवादी स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया