
काठमाडौं । नेपालमा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विगत २४ घण्टामा १० हजार २६६ जनाको पीसीआर र ४ हजार १ सय ७७ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा १ हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ४०४ जना रहेका छन् । काठमाडौंका सबैभन्दा बढी २९४ जना रहेका छन्। यसैगरी भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया