Pura Samachar

गिरीले पाए नेपाल धितोपत्र बोर्डको जिम्मेवारी

प्रकाशित: September 14, 2021

गिरीले पाए नेपाल धितोपत्र बोर्डको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नेतृत्व कार्यकारी निर्देशक निरज गिरीले पाउनुभएको छ । अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।

सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा पर्नुभएको थियो । ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीलाई दिइएको हो ।

प्रतिक्रिया