Pura Samachar
  • नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य

    प्रकाशित: भदौ ३०, २०७८

    नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार बनिन् योजना आयोगको सदस्य

    नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।
    ताम्राकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।
    आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।
    कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।
    साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

    प्रतिक्रिया