Pura Samachar
  • मुलुकमा पहिलोपटक बजेट होलिडे : कसको तलब रोकिने, कसको नरोकिने ?

    प्रकाशित: भदौ ३०, २०७८

    मुलुकमा पहिलोपटक बजेट होलिडे : कसको तलब रोकिने, कसको नरोकिने ?

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश बुधवाररातिबाट निष्क्रिय हुँदैछ ।

    ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा परिमार्जन गर्न शेरबहादुर देउवा सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदबाट पारित नभएपछि बुधवारदेखि मुलुक बजेटविहीन भएको हो ।

    प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक आगामी असोज ४ गतेका लागि बोलाइएको छ । छलफलपछि उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पनि पारित हुनुपर्नेछ । संघीय संसदको दुवै सदनबाट पारित भएपछि मात्रै देशमा बजेट लागू हुनेछ । योसँगै मुलुक करिब एक साता बजेटविहीन हुने भएको छ ।

    बजेटविहीन भएपछि सरकारको नियमित खर्च रोकिने भएको छ । संघीय सरकारको खर्च रोकिँदा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको तलब भत्ता, कर्मचारीको तलब भत्ता तथा कैदीबन्दीहरूको खर्च समेत रोकिनेछ । तर संघीय संसद्, संवैधानिक निकायहरूको नियमित खर्च भने नरोकिने बताइएको छ ।

    जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्य, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको पारिश्रमिक तथा सुविधा नरोकिने बताइएको छ ।

    प्रतिक्रिया