Pura Samachar

सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको

प्रकाशित: September 16, 2021

सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसनिकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । दुवै जनाले बुधवार सपथ लिनुभएको छ ।

यसअघि सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

आयोग गठन भएसँगै अब भूमिहीनले भूमि पाउने अपेक्षा गरिएको छ ।

यसअघि गठन भएको देवी ज्ञवाली नेतृत्वको आयोगले सबै स्थानीय तहसँग सहकार्य गरेर भूमिहीनको लगत संकलन गरेको थियो । सोही संकलन गरेको आधारमा आयोगले काम अघि बढाउने मन्त्रालयले जनाएको छ

प्रतिक्रिया