Pura Samachar

पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

प्रकाशित: September 16, 2021

पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

सिरहा । लहानमा पाँच किलो चाँदीसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो

प्रतिक्रिया