
डा. हरिमोहन पोखरेल
नागालैंड राज्यमा पनि आगामी एक अक्टोबरबाट सरकारी तथा गैर -सरकारी विद्यालयहरू खोलिनु पर्ने सरकारले निर्यात लिएको छ ।
पूरा समाचारले प्राप्त गरेको समाचार अनुसार राज्यको गृह विभागबाट जारी एउटा प्रेस विज्ञप्ति अनुसार सबै सकूलहरूले कोविद -19 को प्रोटोकॉल फोलो गर्दै कक्षामा पचास प्रतिशत सम्म विद्यार्थीलाई राखेर पढाउन सकिने छ ।तर नियम भने कडा रूपले मान्नु पर्ने छ ।
विज्ञप्तिले अझै जनाएको छ कि कक्षाहरू भने पाँच देखि माथिल्लो कक्षा सम्म चलाउन सकिन्छ ।
विज्ञप्तिमा अझै स्पष्ट गरेको छ कि सबै व्यवसाय प्रतिष्ठान लगायत अन्य गतिविधिहरूलाई पनि ध्यानमा राख्दै पचास प्रतिशत सम्मको छुट दिएको छ भन्दै प्रष्ट पारेको छ ।
स्मरण रहोस नागालैंडमा गतः अप्रेल अठारह 2021 बाट तालाबंदी भए पश्चात जम्मै स्कुलहरू बंद थिए ।सरकारले गरेको निर्णय स्वागत योग्य छ ।
प्रतिक्रिया