
काठमाडौं । नेपालमा थप १ हजार ५११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार विगत २४ घण्टामा थप १ हजार ५११ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार १५ हजार १७९ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या २५ हजार ७७२ रहेको मन्त्रालयले जनाएकाे छ ।
कूल संक्रमित संख्या ७ लाख ८१ हजार पुगेकाे छ भने कूल निको हुने संख्या ७ लाख ४५ हजार पुगेकाे छ।
पछिल्लाे जानकारी अनुसार नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कोभिडबाट मृत्यु हुनेको कूल संख्या ११ हजार २ पुगेको छ ।
प्रतिक्रिया