Pura Samachar

दुई तिहाइ बहुमत पाएका थियौं, नेताहरूको ईष्या र स्वार्थले लथालिंग भयो : ओली

प्रकाशित: September 16, 2021

दुई तिहाइ बहुमत पाएका थियौं, नेताहरूको ईष्या र स्वार्थले लथालिंग भयो : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले अझै एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले परमादेशबाट नभई अब जनादेशबाट सरकार बनाएर देखाउने दाबी गर्नुभएको हो ।

उहाँले कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको आरोप लगाउनुभयो ।

सम्बोधनका क्रममा ओलीले नेताहरुको इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड भैरहेको बताउनुभयो । देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ ।

उहाँले नेकपा र एमालेबाट फुटेर गएका कार्यकर्ताहरुलाई पुनः एमालेमा फर्कन आह्वान पनि गर्नुभएको छ ।

कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्नुभयो ।

प्रतिक्रिया