Pura Samachar

विश्वकप लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

प्रकाशित: September 17, 2021

विश्वकप लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग अपरान्ह सवा ४ बजे प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल अर्को जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

तर, मंगलबार भएको खेलमा नेपाल घरेलु टोली ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । ओमानसँगको हारपछि कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध कमीकमजोरी सुधार गर्ने लक्ष्य रहेको बताएका थिए ।

उनले ओमानविरुद्ध उच्च रन बनाउन नसकेको भन्दै आउने खेलमा त्यसमा ध्यान दिने बताएका थिए ।

प्रतिक्रिया