Pura Samachar

मणिपुरमा चाय पे चर्चा कार्यक्रम

प्रकाशित: September 18, 2021

मणिपुरमा चाय पे चर्चा कार्यक्रम

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका गोर्खाहरूको हरेक समस्याको समाधान हाम्रो सरकारले अवश्य गरिनेछ भन्दै 16 -सेकमाई केन्द्रका विधायक एच, डिंको सिंहले भने ।
मणिपुरी गोर्खा युथ एसोसिएसन (MGYA )द्वारा आयोजित चाय पे चर्चा कार्यक्रममा बोल्दै सिंहले भने कि मणिपुरूरेली गोर्खाहरू हाड र छाला जसरी नै शदियों देखि बसोबासो गर्दै आएका छन ।तसर्थ उनीहरुको समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य बन्छ ।उनीहरूको विकास, उन्नति र संवर्धन गर्नु हाम्रो दायित्व बन्छ ।
हिन्दी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित सो कार्यक्रममा मणिपुर राज्यका हरेक तप्काका युवाहरूले भाग लिएर प्रश्नहरू सोधे र विधायकले आफ्नो जीवनको अनुभव शेयर गर्दै युवाहरूलाई सही जवाफ दिएर संतुष्ट गरे ।
कार्यक्रममा लेखक देवी थापा ‘मामा ‘ले स्वागत एवं परिचयात्मक भाषण दिए भने तत्पश्चात चिया बाॅडिएको थियो भने धन्यवाद ज्ञापन शिव कुमार बस्नेत समाजसेवीले गरेका थिए ।
स्मरण रहोस मणिपुरमा पहिलो पल्ट चाय पे चर्चा भई रहेको थियो ।

प्रतिक्रिया