Pura Samachar

२४ घण्टामा १ हजार ६६ मा काेराेना पुष्टि, १६ जनाको मृत्यु

प्रकाशित: September 18, 2021

२४ घण्टामा १ हजार ६६ मा काेराेना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

८ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ र दुई हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८ पुगेको छ ।

प्रतिक्रिया