Pura Samachar

भरतमणि पौडेल बने कमेडी च्याम्पियन २

प्रकाशित: September 19, 2021

भरतमणि पौडेल बने कमेडी च्याम्पियन २

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् ।

कमेडी च्याम्पियन सिजन २ को शुरुदेखि नै सम्भावित विजेताको रुपमा हेरिदै आएका पौडेलका सबै प्रस्तुतिहरुलाइ दर्शक र जजहरुले रुचाउदै आएका थिए । पछिल्लोपटक उनले गरेको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् ।

उनले कमेडी च्याम्पियन सिजन २ को उपाधिसँगै एउटा कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पनि पाएका छन् ।

उपाधि जितेपछि भरतमणिले आफ्नो जितलाई कमेडी मन पराउनेको जित भनेका छन् । उनले आफूले प्रतियोगितामा मेहनत गरेको र त्यो मेहनतलाई दर्शकले मन पराएको भन्दै खुशी व्यक्त गरे ।

उनले कमेडी च्याम्पियन प्रतियोगिता मात्र सकिएको तर काम भने निरन्तर नै रहने समेत बताए ।

प्रतिक्रिया