Pura Samachar

‘तीन दिन पार्टीलाई, चार दिन रोटीलाई’ नारा तय:शर्मा

प्रकाशित: September 19, 2021

‘तीन दिन पार्टीलाई, चार दिन रोटीलाई’ नारा तय:शर्मा

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले राजनीतिक अवधारवणा सार्वजनिक गर्नुभएकाे छ ।

झापामा आयोजित विशेष कार्यक्रममा शर्माले अवधारणा सर्वजनिक गर्नुभएकाे हाे ।

अवधारणा सार्वजनिक गर्दै शर्माले ‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने नारासमेत तय गर्नुभएकाे छ । शर्माले महाधिवेशनका लागि आफ्नो उम्मेदवारी पुष्टी गर्न राजनीतिक अवधारणा सार्वजनिक गरेकाे बताउनुभयाे ।

उहाँले एक राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिने प्रस्ताव गर्नुभएकाे छ । यसबाट राजनीतिक नेतृत्वमा आगमन र वहिर्गमनको भिन्न प्रणाली निर्माण हुने शर्माको भनाइ छ ।

प्रतिक्रिया