
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका रोकिएका खेलहरु पुनः शुरु भएको छ ।
कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु आइतबारदेखि दुबईमा सुरु भएको हो ।
आइतबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
खेलमा चेन्नईले २० रनको जित दर्ता गरेको हो । १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा मात्रै १३६ रन बनायो। उसका लागि सौरभ तिवारीले ४० बलमा ५० रन बनाए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । उसका लागि रितुराज गायकवाडले ८८ रन बनाए । जीतपछि चेन्नई ८ खेलबाट १२ अंकसहित अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ८ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया